मत्ती 15:32 - नेपाली नयाँ संशोधित संस्करण32 तब येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “म यस भीड़लाई टिठ्याउँछु, किनभने यिनीहरू मसँग रहेका आज तीन दिन भयो, अनि यिनीहरूसित खानलाई केही छैन। यिनीहरूलाई भोकै पठाउन म चाहन्नँ। नत्रता तिनीहरू बाटोमा लखतरान होलान्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई बोलाएर भन्नुभयो, “यी मानिसहरूलाई देखेर मलाई साह्रै माया लाग्यो। यिनीहरू मसँगै भएको आज तीन दिन भइसक्यो। अब यिनीहरूको खानेकुरा पनि सकिएको छ। म यिनीहरूलाई भोकै बिदा गर्न चाहन्नँ, नत्रता यिनीहरू घर जाँदाजाँदै बाटैमा मुर्छा पर्लान्।” Viz kapitolaपवित्र बाइबल32 येशूले आफ्ना चेलाहरूलाई बोलाएर भन्नुभयो, “यी मानिसहरूलाई देखेर मलाई दया लागेको छ। अहिले तिनीहरू मसँग तिनदिनदेखि छन्, अनि तिनीहरूको खानेकुरा छैन। म तिनीहरूलाई भोकै पठाउन चाहन्न घर जाने बाटोमा तिनीहरू मुर्छा पर्न सक्छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “म यी मानिसहरूलाई देखेर दयाले भरिएको छु; तिनीहरू हामीसित तीन दिनदेखि छन्, र तिनीहरूसित खानेकुरा केही छैन। म यिनीहरूलाई भोकै पठाउन चाहन्नँ, नत्रता यिनीहरू बाटैमा मूर्च्छा पर्नेछन्।” Viz kapitola |