मत्ती 13:33 - नेपाली नयाँ संशोधित संस्करण33 उहाँले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, “स्वर्गको राज्य खमिरजस्तो हो, जो एउटी स्त्रीले पच्चीस किलोग्राम पीठोमा मिसाई, र त्यो जम्मै खमिरले फुलिएर ठीक नभएसम्म त्यसलाई एक ठाउँमा राखी।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 अनि फेरि पनि येशूले अर्को एउटा दृष्टान्त दिँदै भन्नुभयो, “परमेश्वरको राज्य रोटी फुलाउने खमिरजस्तो हुन्छ। एउटी स्त्रीले अलिकति खमिर लिएर तीन पाथी जति पिठोमा मिसाउँछे अनि पूरै पिठो फुलेर आउँछ!” Viz kapitolaपवित्र बाइबल33 येशूले अर्को उखान भन्नुभयो, “स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 उहाँले तिनीहरूलाई अझ अर्को दृष्टान्त भन्नुभयो: “स्वर्गको राज्य खमिरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करिब सत्ताइस किलो जति पिठोमा मिसाई, र सम्पूर्ण पिठो खमिरी नहुन्जेल राखी।” Viz kapitola |