मत्ती 11:23 - नेपाली नयाँ संशोधित संस्करण23 ए कफर्नहुम, के तँ आकाशसम्मै उचालिनेछस् र? तँ पातालसम्म खसालिनेछस्। किनकि तँमा गरिएका शक्तिशाली कामहरू सदोममा गरिएका भएदेखि त्यो आजको दिनसम्म रहिरहनेथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 “हे कफर्नहुमका मानिसहरू हो, के तिमीहरू स्वर्ग पुगौंला भन्छौ? तिमीहरू त नरकमै पुग्नेछौ किनभने सदोममा पनि तिमीहरूलाई जस्तै अचम्मका कामहरू देखाएको भए सदोम सहर अहिलेसम्म पनि रहिरहने थियो। Viz kapitolaपवित्र बाइबल23 “तँ कफर्नहुम, के तँ स्वर्गसम्म उचालिनेछस् र? अँहँ! तँलाई तल मृत्युको स्थान सम्म झारिनेछ। तँमाथि मैले धेरै शक्तिशाली कामहरू गरेको छु। यदि त्यस्तै चमत्कारहरू सदोममा भएको भए, त्यहाँका मानिसहरूले सबै पापहरू गर्न छोडिसकेका हुनेथिए अनि त्यो नगर आजसम्म रहि रहनेथियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अनि हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ पातालमा खसालिनेछस्। यदि तँकहाँ गरिएका अचम्मका कामहरू सदोममा गरिएका भए, त्यो आजसम्म रहिरहनेथियो। Viz kapitola |