मलाकीको पुस्तक 4:1 - नेपाली नयाँ संशोधित संस्करण1 “हेर, त्यो दिन आउँदैछ। त्यो भट्टीझैँ दन्कनेछ। सबै हठी र सबै दुष्ट काम गर्नेहरू ठुटाझैँ हुनेछन्, र त्यो आउने दिनले उनीहरूलाई आगोमा भस्म गर्नेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “त्यसले उनीहरूको एउटै जरा र एउटै हाँगा पनि छोड्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “त्यो दिन आउँदै छ, त्यो दिनचाहिँ आगोको भट्टीजस्तै जल्नेछ, तब सबै घमण्डी र दुष्ट मानिसहरू परालजस्तै हुनेछन् र आइरहेको त्यो दिनले तिनीहरूलाई जलाइदिनेछ। त्यस्तो हुनेछ कि न त जरा न हाँगा नै रहनेछ। Viz kapitolaपवित्र बाइबल1 “त्यो न्यायको समय आउँदैछ। यो दन्केको आगोको भट्टी जस्तै हुनेछ। ती सबै अहंकारी मानिसहरूलाई दण्ड दिइनेंछ। ती सबै पापी मानिसहरू सुख्खा घाँस जस्तै जल्नेछन्। त्यस समय त्यो आगोमा बल्दै गरेको पराल जस्तै हुनेछ जसको कुनै हाँगा अथवा जरा बाँच्ने छैन।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “त्यो दिन निश्चय नै आउँदैछ; त्यो भट्टीको आगोझैँ दन्कनेछ। सबै अहङ्कारी र दुष्कर्मीहरू ठुटा समान हुनेछन्; अनि त्यो आउँदैगरेको दिनमा तिनीहरू आगोमा जल्नेछन्,” सेनाहरूका याहवेह भन्नुहुन्छ। “तिनीहरूको एउटै हाँगा वा जरा पनि बाँकी रहनेछैन। Viz kapitola |