मलाकीको पुस्तक 3:5 - नेपाली नयाँ संशोधित संस्करण5 “यसैले म न्याय गर्नलाई तिमीहरूको नजिक आउनेछु। टुनामुना गर्नेहरू, व्यभिचारीहरू र झूटो गवाही बक्नेहरूका विरुद्धमा, मजदूरहरूलाई ज्यालामा ठग्नेहरू, विधवा र टुहुरा-टुहुरीमाथि अत्याचार गर्नेहरू, विदेशीलाई न्याय नगरिदिनेहरू, र मेरो डर नमान्नेहरू, यी सबैका विरुद्धमा म झट्टै गवाही दिनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “म न्याय गर्न तिमीहरूकहाँ आउनेछु र आउनासाथ म मन्त्रतन्त्र गर्नेहरू, व्यभिचारीहरू, झूटा साक्षी दिनेहरू, काम गर्नेहरूको ज्याला ठगी खानेहरू, विधवाहरू, टुहुरा-टुहुरीहरू र विदेशीहरूलाई अत्याचार गर्नेहरू, अँ, मेरो आदर नगर्नेहरू सबै जनाका विरुद्धमा साक्षी दिनेछु। Viz kapitolaपवित्र बाइबल5 तब म तिमीहरू कहाँ आउँनेछु। तब म ठीक काम गर्नेछु। म त्यो साक्षी जस्तै हुनेछु जुन मानिसहरूद्वारा गरेको नराम्रो कामको निम्ति न्यायकर्ताहरूले गर्ने गर्छन्। कति मानिसहरूले नराम्रो जादु गर्छन, कतिले व्याभिचारी पाप गर्छन, कतिले झूटा गवाही दिन्छन्, कतिले आफ्नो मजदूरलाई ठग्छन्। उनीहरू आफैंले तोकेको रकम दिंदैनन्। विधवाहरू, टुहुरा-टुहुरीहरूलाई सहायता गर्दैनन्। मानिसले मेरो सम्मान गर्दैनन्।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “यसरी म तिमीहरूको न्याय गर्नलाई नजिक आउनेछु। म तन्त्रमन्त्र गर्नेहरू, व्यभिचारीहरू र झूटा शपथ खानेहरूको विरुद्धमा; अनि मजदुरहरूलाई ज्यालामा ठग्नेहरू, विधवा र अनाथमाथि अत्याचार गर्नेहरू र विदेशीहरूलाई न्यायबाट बञ्चित गर्नेहरू; अनि मेरो भय नमान्नेहरूका विरुद्धमा गवाही दिनेछु,” सेनाहरूका याहवेह भन्नुहुन्छ। Viz kapitola |