मलाकीको पुस्तक 2:3 - नेपाली नयाँ संशोधित संस्करण3 “तिमीहरूको कारण म तिमीहरूका सन्ततिलाई हप्काउनेछु। म तिमीहरूका मुखमा तिमीहरूका चाड़हरूमा बलि चढ़ाइएका पशुहरूको मैला फिँजाइदिनेछु, र तिमीहरू पनि त्यसैसित लगिनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 म तिमीहरूका सन्तानलाई दण्ड दिनेछु र तिमीहरूका मुख तिमीहरूले बलि चढाएको पशुको गोबरमा दलिदिनेछु र तिमीहरू गोबरको थुप्रोमा फालिनेछौ। Viz kapitolaपवित्र बाइबल3 “हेर, म तिमीहरूको कुललाई दण्ड दिनेछु। पवित्र दिनहरूमा पूजाहारी तिमीहरूले मलाई बलिदानहरू चढाउँछौ। तिमीले गोबर अनि मरेको पशुको भित्री भाग लिएरआउँछौ अनि फ्याँकि दिन्छौ। तर म त्यो गोबर तिम्रो मुखमा दलिदिनेछु र तिमी पनि त्यो सितै फ्याँकिनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “तिमीहरूको कारणले म तिमीहरूका भावी सन्तानलाई हप्काउनेछु; तिमीहरूका चाडमा बलि चढाइएका पशुहरूको गोबर म तिमीहरूका अनुहारमा दलिदिनेछु, र तिमीहरू गोबरसँगै बाहिर फालिनेछौ। Viz kapitola |