Online Bible

- Reklamy -




मलाकीको पुस्तक 2:17 - नेपाली नयाँ संशोधित संस्करण

17 तिमीहरूले आफ्‍नो कुराले परमप्रभुलाई थकित तुल्‍याएका छौ। तिमीहरू सोध्‍छौ, “हामीले उहाँलाई कसरी थकित तुल्‍यायौं?” यसो भनेर, “दुष्‍ट काम गर्ने सबै परमप्रभुको दृष्‍टिमा असलै छन्, र उहाँ उनीहरूदेखि खुशी नै हुनुहुन्‍छ,” अथवा “न्‍याय गर्ने परमेश्‍वर कहाँ हुनुहुन्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिमीहरूको आफ्‍नो बोली-वचनले परमप्रभुलाई थकाएका छौ। तर तिमीहरू सोध्‍दछौ, “हामीले कसरी उहाँलाई थकाएका छौं? सर्वशक्तिमान् परमप्रभुले सबै दुष्‍ट काम गर्नेहरूलाई असल ठान्‍नुहुन्‍छ। वास्‍तवमा उहाँले तिनीहरूलाई मन पराउनुहुन्‍छ,” भनेर तिमीहरूले उहाँलाई थकाएका छौ अथवा “ठीक न्‍याय गर्नुहुने परमेश्‍वर कहाँ हुनुहुन्‍छ?” भनेर तिमीहरूले उहाँलाई थकाएका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 तिमीहरूले परमेश्वरलाई शिक्षादेखि चिन्तित बनाएका छौ अनि त्यो झूटो शिक्षाले परमप्रभुलाई अत्यन्तै कष्ट दिएको छ। तिमीहरूले सोच्यौ कि परमेश्वर एउटा मानिस जस्तै हो जसले खराब काम गर्छ। तिमीहरूले भन्यौ कि परमेश्वले उनीहरूलाई राम्रो सम्झनु हुन्छ अनि तिमीहरूले सोच्यौ कि परमेश्वरले नराम्रो कामको लागी दण्ड दिनु हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिमीहरूले आफ्ना कुराले याहवेहलाई दिक्‍क बनाएका छौ। तिमीहरू सोध्छौ, “कसरी हामीले दिक्‍क बनाएका छौँ?” यसो भनेर, “दुष्कर्म गर्नेहरू पनि याहवेहका दृष्‍टिमा असल छन् र उहाँ तिनीहरूसित प्रसन्‍न हुनुहुन्छ,” अथवा “न्याय गर्ने परमेश्‍वर कहाँ हुनुहुन्छ?”

Viz kapitola kopírovat




मलाकीको पुस्तक 2:17

Následuj nás:

Reklamy


Reklamy