लूकाको सुसमाचार 9:33 - नेपाली नयाँ संशोधित संस्करण33 तब ती दुई मानिसहरू उहाँसँग बिदा भएर जान लाग्दा पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यहीँ बस्नु असल रहेछ। हामी तीन वटा वासस्थान बनाऔं— एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति।” आफूले बोलेका कुराको तिनलाई ख्यालै थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 ती दुई येशूसँग बिदा हुन आँट्दा पत्रुसले भने, “गुरु, हामी पनि यहाँ भएको त राम्रो भएछ। यहाँ तीन वटा छाप्रो बनाऔं, एउटा तपाईंलाई, एउटा मोशालाई र एउटा एलियालाई!” तर उनलाई आफूले भनेका कुराको ख्यालै थिएन। Viz kapitolaपवित्र बाइबल33 जब मोशा र एलिया जान लागेका थिए, पत्रुसले भने, “हे गुरूज्यू, हामीलाई यहीं बस्नु असल छ। हामी यहाँ तीनवटा डेरा बनाउँछौं एउटा तपाईंलाई, एउटा मोशालाई अनि एउटा एलियाको लागि” पत्रुसले जान्दैन थिए कि उसले के भनिरहेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 मानिसहरू येशूबाट बिदा भएर जान लाग्दा पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।” आफूले के बोलेका थिए, सो कुराको तिनलाई ख्यालै थिएन। Viz kapitola |