लूकाको सुसमाचार 8:29 - नेपाली नयाँ संशोधित संस्करण29 किनभने उहाँले अशुद्ध आत्मालाई त्यस मानिसबाट निस्केर जाने आज्ञा दिनुभएको थियो। त्यसलाई धेरै पल्ट भूतले पक्रेको थियो। त्यो पहरामा राखिएको थियो। त्यो साङ्ला र नेलले बाँधिन्थ्यो, तर त्यसले ती बन्धन छिनालिहाल्थ्यो। अनि भूतले त्यसलाई मरुभूमि हुँदो लैजान्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 येशूले भूतलाई निस्कने आज्ञा दिनुभएको हुनाले त्यस मानिसले यस्तो भनेको थियो। धेरैपल्ट त्यस भूतले उसलाई पक्रेको थियो। साङ्लाले उसका हात-खुट्टा बाँधेर राख्दा पनि ऊ भूतको शक्तिले साङ्ला छिनाएर उजाड-स्थानतिर भाग्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 किनकि येशूले अशुद्ध आत्मालाई त्यो मानिसबाट अगिबाटै निस्किआउन आज्ञा गर्नुभएको थियो। त्यस आत्माले त्यसलाई धेरै पल्ट पक्रेको थियो। त्यसलाई हात र खुट्टामा साङ्लोले बाँधेर पहरा दिएर राखिएको भए तापनि साङ्लाहरू छिनाइहाल्थ्यो। अनि भूतआत्माले त्यसलाई एकान्त ठाउँहरूमा लैजान्थ्यो। Viz kapitola |