लूकाको सुसमाचार 7:39 - नेपाली नयाँ संशोधित संस्करण39 उहाँलाई निम्तो गर्ने फरिसीले यो देखेर मनमनै यसो भन्न लागे, “यिनी अगमवक्ता हुँदा हुन् ता यिनलाई छुने को र कस्ती स्त्री हो भनी यिनले जान्नेथिए, किनकि यो त पापीनी हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 यो देखेर येशूलाई बोलाउने फरिसीले मनमनै भने, “यदि येशू साँच्चै अगमवक्ता हुन् भने त उनलाई छुने स्त्री कस्ती खालकी पापी स्त्री हो भनी जान्नेथिए।” Viz kapitolaपवित्र बाइबल39 त्यो फरिसी जसले पनि यी सब देखे। उसले मनमनै सोचे, “यदि यो मानिस अगमवक्ता हुँदो हो, उसले जान्ने थियो कि त्यो स्त्री जसले उसको पाऊ छुइरहेकी छे ऊ को हो अनि कुन स्तरकी हो? किनभने त्यो पापीनी हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 उहाँलाई निम्तो दिने फरिसीले यो देखेर मनमनै भने, “यदि यिनी अगमवक्ता हुँदाहुन् त यिनलाई कसले छुँदैछ, र यो कस्ती चरित्रकी स्त्री हो भनी थाहा पाउनेथिए; किनकि यो त पापी स्त्री हो।” Viz kapitola |