लूकाको सुसमाचार 5:14 - नेपाली नयाँ संशोधित संस्करण14 उहाँले तिनलाई आदेश दिनुभयो, “यो कसैलाई नभन। तर गएर पूजाहारीकहाँ आफैलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्ति भेटी चढ़ाऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तब येशूले उसलाई आज्ञा दिएर भन्नुभयो, “हेर, यो कुरा कसैलाई नभन्नू! तर पूजाहारीकहाँ गएर आफ्नो जाँच गराऊ। मोशाले अह्राएजस्तै बलि चढाएर सबैलाई तिमी शुद्ध भएको प्रमाण देऊ।” Viz kapitolaपवित्र बाइबल14 येशूले तिनलाई आदेश दिनु भयो, “यस्तो भएको कुरा कसैलाई नभन्नु। तर आफैं गएर पूजाहारीलाई देखाउनु मोशाले भने झैं आफू निको भएकोमा परमेश्वरलाई बलि चढाउनु। यसबाट तिमी निको भएको प्रमाण हुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यसपछि येशूले त्यस मानिसलाई आज्ञा दिनुभयो, “यो कुरा कसैलाई नभन्नू, तर जाऊ र आफैँलाई पुजारीकहाँ देखाऊ, र मोशाले तिमीहरूको शुद्धीकरणका निम्ति दिएका आज्ञाअनुसार तिनीहरूका साक्षीका लागि बलिदानहरू चढाऊ।” Viz kapitola |