लूकाको सुसमाचार 4:42 - नेपाली नयाँ संशोधित संस्करण42 बिहान उज्यालो भएपछि उहाँ निस्केर एकान्त ठाउँमा जानुभयो। भीड़हरू उहाँलाई खोज्दै उहाँकहाँ आइपुगे, र “हामीहरूलाई छोड़ेर नजानुहोस्” भनी उहाँलाई रोक्ने प्रयत्न गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 उज्यालो हुनेबित्तिकै येशू एकान्त ठाउँतिर जानुभयो। तर मानिसहरू उहाँलाई खोज्दै गए। उहाँलाई भेट्टाएपछि तिनीहरूले “हामीलाई छोडेर नजानुहोस्,” भनी रोक्ने कोसिस गरे। Viz kapitolaपवित्र बाइबल42 अर्को दिन येशू एकान्त ठाउँमा जानुभयो। तर भीड़ले उहाँलाई खोजिरहेको थियो औ उहाँ भएको जग्गामा तिनीहरू आए। जब तिनीहरूले येशूलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूलाई नछाडनु भनि विन्ती गर्दैं थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 बिहान उज्यालो हुँदा येशू निस्केर एउटा एकान्त ठाउँमा जानुभयो। मानिसहरूले उहाँलाई खोजिरहेका थिए। तिनीहरू उहाँ हुनुभएको ठाउँमा आए, र उहाँलाई तिनीहरूलाई छोडेर जान नदिन प्रयास गरे। Viz kapitola |