लूकाको सुसमाचार 4:41 - नेपाली नयाँ संशोधित संस्करण41 धेरै मानिसहरूबाट भूतहरू पनि चिच्च्याउँदै र यसो भन्दै निस्के, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले तिनीहरूलाई हकारेर बोल्न दिनुभएन, किनभने तिनीहरूले उहाँ ख्रीष्ट हुनुहुन्छ भनी चिन्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 धेरै जनाबाट भूत पनि चिच्च्याएर यसो भन्दै निस्किए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर येशूले ती भूतहरूलाई पटक्कै बोल्न दिनुभएन किनभने उहाँ मुक्ति दिनुहुने राजा ख्रीष्ट हुनुहुन्छ भनी तिनीहरूले चिन्दथे। Viz kapitolaपवित्र बाइबल41 धेरै मानिसहरूदेखि भूतहरू बाहिर निस्के। तिनीहरू चिच्याउँदै थिए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले ती भूतहरूलाई चूप बस्ने आज्ञा दिनु भयो। येशू नै ख्रीष्ट हुनुहुन्थ्यो भनेर भूतहरूले जानेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 अझ धेरै मानिसहरूबाट भूतहरू पनि यसो भनी चिच्याउँदै निस्के, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ!” तर उहाँले तिनीहरूलाई हप्काउनुभयो र बोल्न दिनुभएन; किनकि उहाँ ख्रीष्ट हुनुहुन्छ भनी तिनीहरूले जान्दथे। Viz kapitola |