लूकाको सुसमाचार 3:8 - नेपाली नयाँ संशोधित संस्करण8 यसकारण पश्चात्ताप सुहाउँदो फल फलाओ, र तिमीहरू आफै ‘हाम्रा पिता अब्राहाम हुन्’ भन्नपछि नलाग, किनभने म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहामको निम्ति सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिमीहरूले साँच्चै आ-आफ्ना पापलाई मानिलिएर आफ्नो मन परमेश्वरतिर फर्काएका हौ भने त्यहीअनुसार चल्ने गर। तर ‘हामी अब्राहामका सन्तान हौं’ भन्दैमा तिमीहरू उम्कन्छौ भन्ने नसम्झ। म तिमीहरूलाई भन्छु, परमेश्वरले अब्राहामका सन्तानलाई यी ढुङ्गाहरूबाट पनि जन्माउन सक्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल8 तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन् नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 पश्चात्ताप अनुसारको फल फलाओ, र आफैँ, ‘हामी अब्राहामका सन्तान हौँ’ भन्ने नठान; किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका निम्ति सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। Viz kapitola |