लूकाको सुसमाचार 3:1 - नेपाली नयाँ संशोधित संस्करण1 कैसर तिबेरिअसका शासनकालको पन्ध्रौँ वर्षमा पन्तियस पिलातस यहूदियाका हाकिम थिए। त्यस बेला हेरोद गालीलका शासक थिए, र तिनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए, अनि लुसानियास अबिलेनेका शासक थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 रोमी महाराजा तिबेरिअसले राज्य गरेको पन्ध्र वर्ष भएको थियो। त्यस बेला पन्तियस पिलातस यहूदिया क्षेत्रका रोमी बडा-हाकिम थिए। रोमी महाराजाका अधीनमा हेरोदले गालील क्षेत्रमा राज्य गर्थे र तिनका भाइ फिलिपले इतुरिया र त्राखोनितिस क्षेत्रमा राज्य गर्थे। अबिलेने क्षेत्रमा लुसानियास भन्ने व्यक्तिले राज्य गर्थे। Viz kapitolaपवित्र बाइबल1 सिजर तिबेरियसको पन्ध्रौं वर्षमा: पन्तियस पिलातस यहूदियाका राज्यपाल थिए; अनि हेरोद गालीलका शासक थिए; तिनको भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए अनि लुसानियास, अबलेनका शासक थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 रोमी सम्राट सिजर तिबेरिअसको शासनकालको पन्ध्रौँ वर्षमा, जब पन्तियस पिलातस यहूदिया प्रदेशका राज्यपाल, हेरोद गालील प्रदेशका शासक, उनका भाइ फिलिप इतुरिया र त्राखोनितिस प्रदेशका शासक, र लुसानियास अबिलेने प्रदेशका शासक थिए, Viz kapitola |