लूकाको सुसमाचार 24:12 - नेपाली नयाँ संशोधित संस्करण12 तर पत्रुस उठेर चिहानमा दौड़ेर गए, र निहुरेर हेर्दा सूती कपड़ाका पट्टीहरू मात्र देखे। त्यो घटना देखेर अचम्म मानी उनी गइहाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर पत्रुसचाहिँ जुरुक्कै उठेर दगुर्दै चिहानतिर गए। त्यहाँ पुगेर भित्र निहुरिएर हेर्दा त उनले कात्रोबाहेक अरू केही देखेनन्। यो देखेर उनी अचम्म मान्दै घरतिर फर्के। Viz kapitolaपवित्र बाइबल12 तर पत्रुस जुरूक्कै उठ्यो अनि चिहान तिर दगुर्यो। त्यो निहुरियो अनि हेर्यो। सुतीको लुगा जुन येशूको शरीर लपेटिएको थियो त्यो वाहेक उसले केही देखेन। जे भएको थियो त्यस विषयमा अन्योलमा पर्दै त्यो घर गयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर पत्रुस उठे, र चिहानतिर दगुरे। निहुरेर हेर्दा तिनले त्यहाँ मलमलका कपडाका पट्टीहरू मात्र देखे; अनि के भएको हो भन्ने कुरामा उनी अचम्म मान्दै फर्के। Viz kapitola |