लूकाको सुसमाचार 20:46 - नेपाली नयाँ संशोधित संस्करण46 “लामो पोशाक पहिरेर यताउति हिँड्ने, र बजारमा अभिवादन खोज्ने, र सभाघरहरूमा प्रमुख आसन र भोजमा आदरको स्थान रुचाउने शास्त्रीहरूदेखि होशियार रहो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 “धर्म-गुरुहरूबाट होशियार भएर बस। तिनीहरू त देखावटी लुगा लगाएर घुम्न रुचाउँछन्, बजारमा मानिसहरूले आफूलाई आदरसाथ अभिवादन गरून् भन्ने चाहन्छन् अनि सभाघरमा उत्तम र भोजमा ठूलो आदरका ठाउँ खोज्छन्। Viz kapitolaपवित्र बाइबल46 “व्यवस्थाका शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लाम-लामा बस्त्र लगाएर वरिपरि घुम्न चाहान्छन्। तिनीहरू बजारतिर जाँदा मानिसहरूले सम्मान गरून् भन्ने चहान्छन्। सभा-घरहरूमा मुख्य-मुख्य आसन ओगट्न चाहान्छन्। भोजहरूमा तिनीहरू अझ वेशी सम्मानित आसन ओगट्न चहान्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 “व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्। बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्, र सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्। Viz kapitola |