लूकाको सुसमाचार 20:21 - नेपाली नयाँ संशोधित संस्करण21 तिनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौं, तपाईं ठीक बोल्नुहुन्छ र ठीक सिकाउनुहुन्छ, र कसैको पक्षपात गर्नुहुन्न, तर सत्यतासाथ परमेश्वरको मार्ग सिकाउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 ती सुराकी मानिसहरूले गएर येशूलाई सोधे, “हे गुरु, हामीलाई थाहा छ, तपाईंले भन्नुभएका कुरा र शिक्षा ठीक छन्। तपाईंले मानिसको मुख हेरेर कुरा गर्नुहुन्न, तपाईंले त परमेश्वरको सत्य बाटो नै देखाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल21 अनि तिनीहरूले येशूलाई सोधे, “गुरुज्यू हामी बुझ्छौ कि तपाईं जे बोल्नु हुन्छ अनि शिक्षा दिनु हुन्छ त्यो सही छ। तपाईं सबै मानिसहरूलाई निष्पक्ष सित त्यहीकुरा सिकाउनु हुन्छ। अनि तपाईं सधैँ नै परमेश्वरको मार्गको विषयमा सत्य सिकाउनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 ती जासुसहरूले उहाँलाई प्रश्न गरे: “गुरुज्यू, हामी जान्दछौँ कि तपाईंले जे ठिक छ, त्यही बोल्नुहुन्छ र त्यसैको शिक्षा दिनुहुन्छ, र तपाईंले भेदभाव राख्नुहुन्न। तर सत्यता बमोजिम परमेश्वरका मार्ग सिकाउनुहुन्छ। Viz kapitola |