लूकाको सुसमाचार 19:8 - नेपाली नयाँ संशोधित संस्करण8 जखायसले खड़ा भएर प्रभुलाई भने, “प्रभु, हेर्नुहोस्, म आफ्ना सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु, र कोहीबाट अन्यायपूर्वक केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर जखायसले प्रभुको अगाडि उभिएर भने, “सुन्नुहोस् हजुर, अब म आफ्नो धन-सम्पत्तिको आधा भाग गरीबहरूलाई बाँडिदिनेछु अनि कसैलाई करकापमा पारेर केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता पनि गरिदिनेछु।” Viz kapitolaपवित्र बाइबल8 जक्कैले प्रभूलाई भन्यो, “म असल काम गर्न चाहान्छु। म गरीबहरूलाई मेरो आधा सम्पति दिनेछु। अनि यदि मैले कसैलाई ठगेकोछु भने तिनीहरूलाई चार गुणा अधिक तिर्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर जक्कै खडा भएर प्रभुलाई भने, “हे प्रभु, हेर्नुहोस्! म अहिले यहीँ नै मेरो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु; यदि मैले कसैलाई कुनै कुरामा ठगेको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।” Viz kapitola |