लूकाको सुसमाचार 18:14 - नेपाली नयाँ संशोधित संस्करण14 “म तिमीहरूलाई भन्दछु, योचाहिँ मानिस त्यस अर्काभन्दा धर्मी ठहरिएर आफ्नो घरतिर लाग्यो। किनभने हरेक जसले आफूलाई उच्च पार्दछ, त्यो होच्याइनेछ, तर जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अनि येशूले कुरा टुङ्ग्याउँदै भन्नुभयो, “म तिमीहरूलाई भन्छु, त्यो फरिसी होइन बरु कर उठाउने मानिसचाहिँ परमेश्वरको सामुन्ने ठीक ठहरिएर घर फर्कियो। आफैं ठूलो हुन खोज्नेहरू सबै होच्याइनेछन् र आफैंलाई होच्याउनेहरू उच्च पारिनेछन्।” Viz kapitolaपवित्र बाइबल14 म तिमीहरूलाई भन्दछु, जब त्यो घर गयो, त्यो परमेश्वरसँग ठीक थियो। तर त्यो फारिसी, जसले आफूलाई असल हुँ भन्ने सम्झन्थ्यो त्यो परमेश्वरसँग ठीक थिएन। जुन मानिसले आफूलाई ठूलो ठान्दछ त्यो तुच्छ हुनेछ। तर जुन मानिसले आफूलाई तुच्छ ठान्छ त्यो महान हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “म तिमीहरूलाई भन्दछु, त्यो फरिसी होइन, तर कर उठाउने मानिस परमेश्वरको सामु धर्मी ठहरिएर घर फर्कियो; किनकि आफूलाई उच्च तुल्याउने नम्र बनाइनेछन् र आफूलाई नम्र बनाउने उच्च पारिनेछन्।” Viz kapitola |