लूकाको सुसमाचार 12:42 - नेपाली नयाँ संशोधित संस्करण42 प्रभुले भन्नुभयो, “त्यो विश्वासी र बुद्धिमानी भण्डारे को हो, जसलाई त्यसका मालिकले आफ्ना परिवारलाई निश्चित समयमा तिनीहरूका भागमा पर्ने भोजन दिनलाई खटाउनेछन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 प्रभुले भन्नुभयो, “बुद्धिमान् र भरपर्दो भण्डारेचाहिँ कस्तो मानिस होला त? मालिकले आफ्नो घरको सबै कामकाजको जिम्मा दिएपछि बुद्धिमान् र भरपर्दो भण्डारेले चाहिँ अरू नोकरहरूलाई ठीक-ठीक समयमा खानाको व्यवस्था गरिदिन्छ। Viz kapitolaपवित्र बाइबल42 प्रभुले भन्नुभयो, “को चाँहि ज्ञानी र विश्वासी नोकर होला? विश्वासी नोकर त्यही हो जसमाथि अन्य नोकरहरूलाई ठीक समयमा तिनीहरूको भाग खाना दिन्छ भनी विश्वास गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 तब प्रभुले जवाफ दिनुभयो, “त्यो विश्वासयोग्य र बुद्धिमान् प्रबन्धक को हो, जसलाई त्यसका मालिकले तिनका सेवकहरूलाई ठिक समयमा तिनीहरूले पाउनुपर्ने खानेकुरा दिने कामको जिम्मा दिन्छन्? Viz kapitola |