लूकाको सुसमाचार 12:1 - नेपाली नयाँ संशोधित संस्करण1 यसै बीच जब हजारौँको भीड जम्मा भयो, यहाँसम्म कि एउटाले अर्कालाई कुल्चन लाग्यो, उहाँले पहिले आफ्ना चेलाहरूलाई भन्न लाग्नुभयो, “तिमीहरू फरिसीहरूको खमिरदेखि होशियार बस। त्यो खमिर तिनीहरूको कपट आचरण हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हजारौँ मानिसहरू जम्मा भएकोले घुइँचो भएर मिचामिच नै होलाजस्तो लागिरहेको थियो। त्यस बेला येशूले पहिले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू फरिसीहरूको रोटीको खमिरदेखि जोगिएर बस! भनाइको अर्थ हो, तिनीहरूको कपटदेखि जोगिएर बस Viz kapitolaपवित्र बाइबल1 हजारौं हजार मानिसहरू एकसाथ भेला भएका थिए। तिनीहरू यति विघ्न थिए कि तिनीहरू एक अर्कालाई कुल्चन्थे। मानिसहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई भन्नुभयो, “तिमीहरू फरिसीहरूको खमीरदेखि होशियार बस। मेरो भन्नुको अर्थ तिनीहरूको कपटीपनामा होशियारी बस। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसैक्रममा जब त्यहाँ हजारौँको भीड जम्मा हुन लाग्यो, यहाँसम्म कि एकले अर्कालाई कुल्चन लागे, तब येशूले पहिले आफ्ना चेलाहरूसँग यसो भन्दै बोल्न लाग्नुभयो: “फरिसीहरूका खमिरदेखि होसियार रहो, जुन तिनीहरूको कपटीपन हो। Viz kapitola |