लूकाको सुसमाचार 10:13 - नेपाली नयाँ संशोधित संस्करण13 “धिक्कार तँलाई, खोराजीन! धिक्कार तँलाई, बेथसेदा! किनकि तिमीहरूमा भएका सामर्थ्यका काम टुरोस र सीदोनमा गरिएको भएदेखि तिनीहरूले अघि नै भाङ्ग्रा लाएर खरानीमा बसी पश्चात्ताप गर्नेथिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “हे खोराजीन र बेथसेदाका मानिसहरू हो, धिक्कार तिमीहरूलाई! तिमीहरूको बीचमा गरिएका अचम्मका कामहरू टुरोस र सीदोन सहरमा गरिएको भए त्यहाँका मानिसहरूले धेरै अघि नै आ-आफ्ना पापलाई मानेर छोड्नेथिए अनि पाप मानिलिएको देखाउन बोराको लुगा लगाएर खरानी घस्नेथिए। Viz kapitolaपवित्र बाइबल13 “ए खोराजिन! तँलाई धिक्कार छ! ए बेत्सैदा! तँलाई धिक्कार छ। मैले तिमीहरूमा धेरै चमत्कारहरू गरें। यदि त्यही चमत्कारहरू टायर र सीदोनमा गरिएको भए, त्यहाँका मानिसहरूले आफ्नो जीवनशैली अघि नै परिवर्तन गरिसकेका हुन्थे। अनि तिनीहरूले पाप गर्न छोडिसकेका हुन्थे। तिनीहरूले अघि नै शरीरमा भाँग्रा लगाएर र खरानी धसेर आफ्नो पापहरूको निम्ति पश्चात गरी सकेका हुन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “धिक्कार, तँलाई, हे खोराजिन! धिक्कार, तँलाई, हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले भाङ्ग्रा ओढेर खरानीमा बसी पश्चात्ताप गर्नेथिए। Viz kapitola |