लेवीहरू 26:16 - नेपाली नयाँ संशोधित संस्करण16 म तिमीहरूका बीचमा आतङ्क फैलाउनेछु, अनि शरीर नष्ट पार्दैजाने, आँखालाई विनाश गर्ने र प्राणलाई शिथिल गराउँदैलाने भयङ्कर रोगहरू पठाउनेछु। तिमीहरूले रोपेका बीउहरू खेर जानेछन्, किनकि तिमीहरूका शत्रुहरूले फसल खाइदिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 म तिमीहरूलाई दण्ड दिनेछु। म तिमीहरूमाथि विपत्ति ल्याउनेछु– तिमीहरूको ज्यान सुकाउने अनि तिमीहरूलाई अन्धा पार्ने र निको पार्न नसकिने बिरामी र ज्वरोहरू ल्याउनेछु। तिमीहरूले अन्न लाउनेछौ तर त्यसबाट तिमीहरूलाई केही लाभ हुनेछैन किनभने तिम्रा शत्रुहरूले तिमीहरूलाई विजय गर्नेछन् र तिमीहरूका उब्जनी खानेछन्। Viz kapitolaपवित्र बाइबल16 यदि तिमीहरूले यसो गर्छौ भने, तब म तिमीहरूमाथि भयंकर कष्टहरू ल्याउनेछु। तिमीहरूमाथि रोग तथा ज्वरो ल्याइदिनेछु। ती रोगहरूले तिम्रा आँखाहरू फुटाइ दिनेछन् अनि तिमीहरूको जीवन अन्त गराइदिनेछ। तिमीहरूले खेती गरे पनि सफल हुने छैनौ, तिमीहरूका शत्रुहरूले तिम्रा अन्न बलीहरू खाइदिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 म तिमीहरूमा अचानक आतङ्क, निको नहुने रोगहरू र ज्वरो फैलाउनेछु; जसले तिमीहरूका दृष्टिलाई नष्ट गरिदिनेछन्। अनि तिमीहरूका प्राणलाई शिथिल पार्नेछन्। तिमीहरू व्यर्थैमा रोप्नेछौ; किनकि ती तिमीहरूका शत्रुहरूले खानेछन्। Viz kapitola |