Online Bible

- Reklamy -




लेवीहरू 16:21 - नेपाली नयाँ संशोधित संस्करण

21 अनि हारूनले आफ्‍ना दुवै हात जिउँदो बोकाको टाउकोमा राखोस्, र इस्राएलीहरूका सारा अधर्म, अपराध र पाप स्‍वीकार गरेर बोकाको टाउकोमाथि राखिदेओस्‌। त्‍यसले ती पापहरू बोकाको टाउकोमा राखेर त्‍यसलाई अघिबाट खटाइराखेको मानिसको साथ उजाड़-स्‍थानमा पठाइदेओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 त्‍यसले आफ्‍ना दुवै हात बोकाको टाउकोमा राखेर इस्राएलका मानिसहरूका सबै दुष्‍टता, पाप र विद्रोहहरूको लागि कायल होस् र त्‍यसरी ती सबै बोकाको टाउकोमा सर्नेछन्। तब बोकालाई त्‍यस कामको लागि खटाइएको मानिसद्वारा उजाड-भूमिमा धपाई पठाउनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 जिउँदो बोका माथि हात राखेर उसले सबै पापहरू, सबै अपराधहरू अनि इस्राएली मानिसहरूले गरेको सबै भूल कर्महरू स्वीकार गर्नेछन्। यसरी मानिसहरूको सबै पाप बोकामाथि राखेर उसले त्यसलाई मरुभूमिमा जानु छाडिदिने छन्। एकजना मानिस बोकालाई मरुभूमितिर लिएर जान पर्खिरहेको हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 त्यसले दुवै हात त्यस जिउँदो बोकाको शिरमाथि राखेर त्यसमाथि इस्राएलका सबै दुष्‍टता र विद्रोह—तिनीहरूका सबै पाप स्वीकार गरोस्। अनि ती त्यस बोकाको टाउकोमाथि राखिदेओस्। त्यसले त्यस बोकालाई त्यस कामको लागि खटाइएको मानिसको जिम्मामा टाढा मरुभूमिमा पठाइदेओस्।

Viz kapitola kopírovat




लेवीहरू 16:21

Následuj nás:

Reklamy


Reklamy