लेवीहरू 12:8 - नेपाली नयाँ संशोधित संस्करण8 थुमा ल्याउने त्यसको औकात छैन भने त्यसले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेरा— एउटा होमबलिको निम्ति र अर्को पापबलिको निम्ति ल्याओस्। यसरी पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यो शुद्ध ठहरिनेछे’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 स्त्रीले भेडाको थुमा ल्याउन सकिन भने त्यसले दुईवटा ढुकुर कि परेवा ल्याओस्, एउटा होमबलिको लागि र अर्को पापबलिको लागि। पूजाहारीले त्यसको चोख्याउने विधि पूरा गरोस् र रीतिअनुसार त्यो शुद्ध हुनेछे। Viz kapitolaपवित्र बाइबल8 यदि उसले थुमा चढाउन सक्तिन भने होमबलि र पापबलिको निम्ति एक जोडी परेवाका बचेरा अथवा ढुकुर ल्याउनु पर्छ र पूजाहारीले उसलाई शुद्ध पार्छ अनि ऊ शुद्ध हुन्छे।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यदि त्यस स्त्रीसँग थुमा किनेर ल्याउने रकम छैन भने त्यसले एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा, एउटा होमबलिका निम्ति र अर्को पाप शुद्धीकरण बलिका निम्ति ल्याओस्। यस किसिमले पुजारीले त्यसका निम्ति प्रायश्चित गर्नेछ, र त्यो शुद्ध हुनेछे।’ ” Viz kapitola |