लेवीहरू 12:4 - नेपाली नयाँ संशोधित संस्करण4 त्यसपछि त्यो स्त्री आफ्नो रगत-प्रवाहबाट शुद्धीकरणको निम्ति तेत्तीस दिनसम्म पर्खनुपर्छ, र शुद्ध हुने दिन पूरा नहोउञ्जेल त्यसले कुनै पवित्र कुरा छुनुहुँदैन, अनि पवित्रस्थानभित्र पनि जानुहुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसपछि अरू तेत्तीस दिन बितेपछि मात्र त्यो आफ्नो रगत बहेकोबाट रीतिअनुसार शुद्ध हुनेछे। आफू शुद्ध हुने दिन पूरा नहोउञ्जेल त्यस स्त्रीले कुनै पवित्र कुरालाई नछोओस् वा पवित्र पालमा नपसोस्। Viz kapitolaपवित्र बाइबल4 सुत्केरी आइमाईले शुद्धिकरणको निम्ति तेत्तीस दिनसम्म पर्खनुपर्छ। आइमाईले कुनै पवित्र चीज छुनु हुँदैन तथा पवित्र स्थानतिर जानु हुँदैन जबसम्म उसको शुद्धी हुने दिन पूरा हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसपछि आफ्नो रक्तस्राव शुद्ध हुनको लागि त्यस स्त्रीले तेत्तीस दिनसम्म पर्खनुपर्छ। त्यसले कुनै पवित्र कुरा नछोओस्, अथवा आफ्नो शुद्धीकरणको समय पूरा नहोउन्जेल पवित्रस्थानमा नजाओस्। Viz kapitola |