लेवीहरू 1:13 - नेपाली नयाँ संशोधित संस्करण13 त्यसका आन्द्रा-भुँड़ी र खुट्टाहरूचाहिँ पानीले पखालेर ती जम्मै पूजाहारीले वेदीमा डढ़ाएर जलाऊन्। यो परमप्रभुलाई मन पर्ने मीठो बास्ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात् होमबलि हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यस मानिसले पशुका भित्री अङ्गहरू र पछिल्ला खुट्टाहरू पानीले धोओस् र पूजाहारीले परमप्रभुलाई बलि चढाओस् र पूरै वेदीमा डढाओस्। त्यस होमबलिको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। Viz kapitolaपवित्र बाइबल13 त्यसपछि उसले आन्द्रा-भुँडी र अघि पछिका खुट्टाहरू पानीले पखालोस् र पूजाहारीहरूले ती सबै आगोमा जलाएर भष्म गरोस्। त्यही बलि परमप्रभुको निम्ति सुगन्धित होमबलि हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यस मानिसले भित्री भागहरू र खुट्टाहरू पानीले धोओस्; अनि पुजारीले ती सबै ल्याएर वेदीमाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्नाको अग्निबलि हो। Viz kapitola |