विलाप 2:16 - नेपाली नयाँ संशोधित संस्करण16 तेरा सबै शत्रुहरू तँलाई मुख खोलेर गिल्ला गर्दछन्। तिनीहरूले तँलाई दाह्रा किटेर भन्छन्, “हामीले त्यसलाई नष्ट पार्यौं। अहा, यही दिन हेर्नलाई हामी पर्खिरहेका थियौं, हामीले बाँचेर यो हेर्न पायौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तेरा सबै शत्रुहरूले तँलाई गिल्ला गर्छन् र घृणाले तँलाई एकटक लाएर हेर्छन्। तिनीहरूले तँलाई दाँत किटेर भन्छन्, “हामीले नै त्यसलाई नष्ट पार्यौं! हामीले त्यही दिन हेर्नलाई पर्खिरहेका थियौं!” Viz kapitolaपवित्र बाइबल16 तेरा सबै शत्रुहरू तँलाई खिसि गर्छन। तिनीहरू सिट्टी बजाउँछन् र दाह्रा किट्दै भन्छन्, “हामी पूर्णरूपले ध्वंश भएका छौं। साँच्चै आज त्यही दिन हो, जुन दिनको आशा हामीले गरेका थियौं। अन्तमा हामीले आज त्यही देखिरहेका छौं, जो हामीले सोचेका थियौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तेरा सबै शत्रुहरू आफ्ना मुख खोलेर तेरो विरुद्धमा बोल्छन्; तिनीहरूले खिसी गर्छन्; आफ्ना दाह्रा किट्छन्, र भन्छन्, “हामीले त्यसलाई निलिसक्यौँ। हामीले प्रतीक्षा गरेको दिन यही हो; हामी यो दिन हेर्नलाई नै बाँचेका थियौँ।” Viz kapitola |