यहोशूको पुस्तक 9:7 - नेपाली नयाँ संशोधित संस्करण7 अनि इस्राएली पुरुषहरूले ती हिव्वीहरूलाई भने, “शायद तिमीहरू हाम्रै बीचमा रहने मानिसहरू हौ, तिमीहरूसँग हामीले कसरी सन्धि गर्न सक्छौं?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर इस्राएलका मानिसहरूले भने, “किन हामीले तिमीहरूसित सन्धि-पत्र गर्नू? हुन सक्छ, तिमीहरू नजिकै कहीँ बास गर्दछौ।” Viz kapitolaपवित्र बाइबल7 इस्राएलका मानिसहरूले यी हिव्वी मानिसहरूलाई भने, “हुन सक्छ तिमीहरूले हामीलाई छल्ने कोशिश गर्दैछौ। हुन सक्छ तिमीहरू हाम्रो नजिकमा बस्छौ। हामी तिमीहरूसित सन्धि गर्न सक्तैन्नौं। जब सम्म हामी जान्दैनौं तिमीहरू कहाँबाट आएका हौ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 इस्राएलका मानिसहरूले हिव्वीहरूलाई भने, “सायद, तिमीहरू हाम्रै नजिकमा बस्ने मानिसहरू हौ। अनि हामीले कसरी तिमीहरूसँग सन्धि गर्न सक्छौँ?” Viz kapitola |