Online Bible

- Reklamy -




यहोशूको पुस्तक 8:14 - नेपाली नयाँ संशोधित संस्करण

14 जब ऐका राजाले यो देखे तब उनी र सहरका सबै मानिसहरू सबेरै उठेर इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गर्न तोकिएको ठाउँमा अराबाको सामु हतारसाथ निस्‍के। तर सहरको पछिल्‍तिर आफ्‍नो विरुद्धमा ढुकेर बसेका छन्‌ भन्‍ने उनलाई थाहा थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 ऐका राजाले यहोशूका सेनालाई देख्‍नासाथ तुरुन्‍तै तयारी गरे। तिनी आफ्‍ना सारा सेनासाथ त्‍यो अगाडिको ठाउँमा नै इस्राएलीहरूसित लड्‍न अघि बढे। पछिबाट आफूमाथि आक्रमण हुनेछ भनी उनलाई थाहै भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 तब ऐ शहरका राजाले इस्राएली सैनिकहरूलाई देखे। अनि राजा उनका सबै मानिसहरू इस्राएलीहरूसित युद्ध गर्न गए। तिनीहरू पूर्वपट्टि यर्दनतिर फर्केको युद्ध भूमिमा गए। ती इस्राएली सैनिकहरू शहरको पछाडि लुकेर पर्खिरहेका छन् भन्ने उसलाई थाहा भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 जब ऐका राजाले यो देखे, तिनी र सहरका सबै मानिसहरू एकाबिहानै हतारिँदै इस्राएलीहरूसँग युद्ध गर्नलाई अराबाको एक निश्‍चित ठाउँमा निस्के। तर तिनीहरूको विरुद्धमा सहरको पछिल्तिरको भागमा तिनीहरूलाई ढुकेर बस्‍नेहरूको बारेमा थाहै भएन।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 8:14

Následuj nás:

Reklamy


Reklamy