यहोशूको पुस्तक 7:5 - नेपाली नयाँ संशोधित संस्करण5 करीब छत्तीस जना जतिलाई ऐका मानिसहरूले मारे, र उनीहरूले सहरको मूल ढोकादेखि शबारीमसम्म खेदेर ओह्रालोमा तिनीहरूलाई मारे। अनि इस्राएलीहरूको हृदय डरले गलेर पानीजस्तै भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 ऐका बासिन्दाहरूले तिनीहरूलाई सहरको ढोकादेखि ढुङ्गाका केही खानीहरू भएको ठाउँसम्म खेदे र डाँडाबाट ओह्रालो झर्दा छत्तीस जना जति इस्राएलीहरूलाई मारे। त्यसो हुँदा इस्राएलीहरूले साहस गुमाए र तिनीहरू डरले थरथर भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले लगभग छत्तीस जना इस्राएलीहरूलाई मारे। तिनीहरूले इस्राएलीहरूलाई सहरको मूलढोकादेखि शबारीमसम्म लखेटे, र ओरालोमा तिनीहरूलाई हराए। यो देखेर मानिसहरूको हृदय डरले गलेर पानीजस्तै भयो। Viz kapitola |