यहोशूको पुस्तक 7:17 - नेपाली नयाँ संशोधित संस्करण17 अनि तिनले यहूदाका सन्तान-सन्तान गरेर नजिक ल्याए, र जेरहको सन्तानलाई तिनले पक्रे। अनि तिनले जेरहका सन्तानका परिवार-परिवार गरी नजिक ल्याए, र जब्दीको परिवार पक्राउ पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यहूदा कुललाई गोत्र-गोत्र गरी अघि ल्याए र तीबाट जेरहको गोत्र छुट्ट्याइयो। तब जेरह गोत्रलाई परिवार-परिवार गरी अघि ल्याए र तीबाट जब्दीको परिवार अलग गरियो। Viz kapitolaपवित्र बाइबल17 यसर्थ यहूदाका सबै कुल समूहहरू परमप्रभु-समक्ष उभिए। परमप्रभुले जेरह कुल समूहलाई छान्नु भयो। त्यसपछि जेरहको सबै कुल समूहहरू परमप्रभुका सामुन्ने उभिए। जिम्रीका परिवार चुनिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब यहूदाका सबै कुलहरू अगाडि आए, र जेरहको वंशहरू छानिए। तिनले जेरहका वंशहरूलाई परिवार-परिवार गरी अगि आउन लगाए, र जब्दी छानिए। Viz kapitola |