यहोशूको पुस्तक 4:5 - नेपाली नयाँ संशोधित संस्करण5 यहोशूले तिनीहरूलाई भने, “तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका सन्दूकको सामु यर्दन नदीको बीचमा जाओ, र इस्राएलीहरूका कुलको गन्तीअनुसार हरेकले एक-एक वटा ढुङ्गा आफ्नो काँधमा राखेर ल्याओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दुक अघि यर्दनमा जाओ र प्रत्येक इस्राएली कुलको निम्ति एक-एक वटा ढुङ्गा आ-आफ्ना काँधमा बोकेर ल्याओ। Viz kapitolaपवित्र बाइबल5 यहोशूले ती मानिसहरूलाई भने, “नदीको त्यस ठाउँमा जाऊ जहाँ परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दूक छ। तिमीहरू प्रत्येकले एक-एकवटा ढुङ्गा लिनै पर्छ। इस्राएलका बाह्र कुल समूह प्रत्येक समूहको लागि तिमीहरूले एक-एकवटा ढुङ्गा लेऊ। यी ढुङ्गा तिमीहरूले आफ्नो काँधमा बोक। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि तिनीहरूलाई भने, “याहवेह तिमीहरूका परमेश्वरको सन्दुकको अगाडि यर्दन नदीको बीचमा जाओ। तिमीहरू हरेकले इस्राएलका कुलहरूको संख्याअनुसार एक-एक वटा ढुङ्गा काँधमा बोकेर ल्याओ। Viz kapitola |