Online Bible

- Reklamy -




यहोशूको पुस्तक 24:32 - नेपाली नयाँ संशोधित संस्करण

32 इस्राएलीहरूले मिश्रदेशबाट ल्‍याएका योसेफका अस्‍थि शकेमका बुबा हमोरका छोराहरूसित याकूबले एक सय चाँदीका टुक्रामा शकेममा किनेको एक टुक्रा जग्‍गामा गाड़े। त्‍यो ठाउँ योसेफका सन्‍तानको अधिकारमा पर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 मिश्रबाट ल्‍याएको योसेफको लाश इस्राएलीहरूले शकेममा गाडे। त्‍यो जमिन शकेमका बुबा हमोरका छोराहरूबाट एक सय वटा चाँदीका टुक्रामा याकूबले किनेका थिए। त्‍यो जमिन योसेफका सन्‍तानले पैतृक-सम्‍पत्तिको रूपमा पाएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 जब इस्राएलका मानिसहरूले मिश्रदेश छाडे, तिनीहरूले यूसुफको शरीरका हाडहरू साथमा बोकेर हिंडे। यसरी मानिसहरूले यूसुफका हाडहरूलाई शकेममा गाडिदिए। तिनीहरूले ती हाडहरू त्यो भूमिमा गाडे जो याकूबले शकेम नाउँ गरेका मानिसका पिता हमोरका छोराहरूकोबाट किनेका थिए। याकूबले त्यो भूमि शुद्ध चाँदीका एकसय सिक्कामा किनेका थिए। यो भूमि यूसुफका सन्तानको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 इस्राएलीहरूले इजिप्टबाट ल्याएका योसेफका हड्डीहरू शेकेमका पिता हामोरका छोराहरूबाट एक सय चाँदीका टुक्राहरूमा याकोबले किनेको जमिन शेकेममा गाडे। त्यो शेकेम योसेफका सन्तानको उत्तराधिकार भयो।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 24:32

Následuj nás:

Reklamy


Reklamy