यहोशूको पुस्तक 22:5 - नेपाली नयाँ संशोधित संस्करण5 परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नू, उहाँका सबै मार्गहरूमा चल्नू, उहाँकै आज्ञाहरू पालन गर्नू, उहाँमै लीन भएर रहनू, तिमीहरूका पूर्ण हृदय र प्राणले उहाँकै सेवा गर्नू भनी परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएका आज्ञा र व्यवस्था पूरा ध्यान दिएर पालन गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मोशाले आज्ञा गरेका नियमहरू मान्ने पक्का निश्चय गर। परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर, उहाँका इच्छा र आज्ञाहरू पालन गर, उहाँका विश्वासयोग्य प्रजा बन र आफ्ना पूरा हृदय र प्राणले उहाँको सेवा गर।” Viz kapitolaपवित्र बाइबल5 तर याद राख-त्यो नियम पालन गर्नु पर्छ जो मोशाले तिमीहरूलाई दिएका थिए। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नु पर्छ अनि उहाँका आज्ञाहरूको सदा-सर्वदा पालन गर्नु पर्छ। तिमीहरूले लगातार अनुशरण अनि लगातार उत्तम प्रकारले उहाँको सेवालाई जारिराख्नु पर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर तिमीहरूले याहवेहका सेवक मोशाले दिएका आज्ञाहरू बडो होसियारीसाथ पालन गर्नू। याहवेह तिमीहरूका परमेश्वरलाई प्रेम गर्नू, उहाँमा आज्ञाकारी हुनू, उहाँको आज्ञापालन गर्नू; उहाँमा लागिरहनू। तिमीहरूका सारा हृदयले र सारा प्राणले उहाँको सेवा गर्नू।” Viz kapitola |