यहोशूको पुस्तक 10:10 - नेपाली नयाँ संशोधित संस्करण10 परमप्रभुले उनीहरूलाई इस्राएलको सामुन्ने अस्तव्यस्त पार्नुभयो र इस्राएलीहरूले गिबोनमा उनीहरूलाई ठूलो विजयसाथ पराजय गरे, र बेथ-होरोनको उकालो बाटोमा उनीहरूलाई खेदेर आजेका र मक्केदासम्म मार्दैगए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 एमोरीहरूलाई इस्राएलको सेनाअघि परमप्रभुको डरले थरहरी पारे। इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा हराए र बेथ-होरोनको पहाडी बाटोमा ओह्रालो खेदेर लगे अनि दक्षिणमा आजेका र मक्केदासम्म हमला गरेर खेदे। Viz kapitolaपवित्र बाइबल10 परमप्रभुले ती सेनाहरूलाई अन्योलमा पारिदिनु भयो जब इस्राएलले आक्रमण गरे। यसरी इस्राएलीहरूले तिनीहरूलाई परास्त गरे र महान विजय प्राप्त गरे। इस्राएलका सेनाले शत्रुलाई गिबोन देखि बेथारोनको उकालो बाटो सम्म खेदे। इस्राएलका सेनाले आजेका अनि मक्केदा सम्मका मानिसहरूलाई मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेहले तिनीहरूलाई इस्राएलको सामु भयभीत पारिदिनुभयो। यसरी इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा पूर्ण रूपले परास्त गरे। इस्राएलीहरूले तिनीहरूलाई बेथ-होरोन जाने बाटोभरि खेदे। अनि तिनीहरूलाई अजेका र मक्केदासम्म लखेटेर मार्दै गए। Viz kapitola |