योएलको पुस्तक 3:2 - नेपाली नयाँ संशोधित संस्करण2 तब म सबै जाति-जातिहरूलाई भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेँसीमा ल्याउनेछु। त्यहाँ मेरो प्रजा, अर्थात् मेरो निज उत्तराधिकारी इस्राएलको निम्ति, जसलाई उनीहरूले जाति-जातिहरूका बीचमा छरपष्ट पारे र मेरो देश भाग-भाग गरे— उनीहरूलाई म दण्ड दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 सबै जातिहरूलाई जम्मा गरेर म न्यायको बेसीमा भेला गर्नेछु र त्यहाँ मेरो प्रजा इस्राएलमाथि तिनीहरूले गरेका कामको निम्ति न्याय गर्नेछु। तिनीहरूले मेरो प्रजा इस्राएलीहरूलाई छरपष्ट पारेर विदेशमा पुर्याए र मेरो देश इस्राएललाई भाग-भाग गरेर बन्डा लाए। Viz kapitolaपवित्र बाइबल2 म सबै जातिलाई भेला गर्नेछु। यो सबै जातिलाई यहोशापातको बेंसीमा भेला पार्छु, अनि त्यहाँ नै म उनीहरूलाई न्याय गर्नेछु। तिनहरूलेनै मेरो मानिसहरूलाई तितर-बितर परेका थिए। अन्य जातिहरूको बिचमा बस्न बाध्य तुल्याएको थिए। यसैकारण म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूले मेरो भूमिलाई भाग-भाग गरेकाछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब म सबै राष्ट्रहरूलाई एकसाथ भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेँसीमा तल ल्याउनेछु। त्यहाँ म तिनीहरूलाई परीक्षा गर्नेछु; किनकि तिनीहरूले मेरो उत्तराधिकार र मेरो जाति इस्राएललाई जेजस्तो गरे, तिनीहरूले मेरो जातिलाई राष्ट्रहरूका बीचमा तितरबितर पारे; अनि तिनीहरूले मेरो देशलाई विभाजन गरे। Viz kapitola |