योएलको पुस्तक 2:16 - नेपाली नयाँ संशोधित संस्करण16 मानिसहरूलाई भेला गर, सभालाई अर्पण गर, धर्म-गुरुहरूलाई जम्मा गर, नानीहरू र दूधे-बालकहरूलाई बटुल। दुलहा आफ्नो कोठाबाट र दुलही आफ्नो भित्री कोठाबाट निस्कून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मानिसहरूलाई एकसाथ भेला गर, तिनीहरूलाई एउटा पवित्र महासभाको निम्ति बोलाओ, बुढापाकाहरूलाई ल्याओ, बालबच्चाहरूलाई भेला गर र काखका बच्चाहरूलाई पनि जम्मा गर। भर्खरै बिहे गरेका दुलहा-दुलही पनि घरबाट निस्केर आऊन्। Viz kapitolaपवित्र बाइबल16 मानिसलाई भेला गर। त्यो विशेष सभाकोलागि उनीहरूलाई बोलाऊ। तिमीले बूढा-प्रधानहरू अनि नानीहरूलाई भेला गर। त्यो दुधे-बालकलाई पनि लिएर आऊ, नयाँ दुलहा-दुलहीलाई सिधै तिनीहरूको कोठाबाट बोलाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 मानिसहरू भेला गर, महासभालाई शुद्ध गर; बुढापाकाहरूलाई एकसाथ जम्मा गर, र केटाकेटीहरूलाई भेला गर; अनि दुधे बालकहरूलाई पनि जम्मा गर। दुलहाले आफ्नो कोठा छोडोस् र दुलहीले पनि आफ्नो भित्री कोठा छोडोस्। Viz kapitola |