यर्मिया 6:7 - नेपाली नयाँ संशोधित संस्करण7 जसरी इनारले आफ्नो पानी खन्याउँछ, त्यसरी नै त्यसले आफ्नो दुष्टता खन्याउँछ। त्यसभित्र उपद्रव र विनाशको आवाज सुनिन्छ। त्यसका रोग र चोटहरू सधैँ मेरो नजरको सामुन्ने छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 जसरी इनारमा ताजा पानी निस्किरहन्छ, त्यसरी नै यरूशलेमले आफ्ना दुष्ट्याइँ निकालि रहन्छ। त्यहाँ हिंसा र विनाश भएको सुनिन्छ, म त्यहाँ रोग-बिमार र चोटैचोट मात्र देख्छु। Viz kapitolaपवित्र बाइबल7 एउटा कुवाले आफ्नो पानी ताजा राख्छ। त्यस्तै प्रकारले, यरूशलेमले आफ्नो दुष्टता ताजा राख्छ। सधैँ शहरमा दङ्गा र ध्वंशको विषयमा सुन्छु। म सधैँ यरूशलेममा विराम चोटहरू देख्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जसरी इनारबाट पानी निस्कन्छ, त्यसरी नै त्यसले आफ्नो दुष्टता निकाल्छे। त्यसभित्र हिंसा र विनाश गुञ्जिन्छ; त्यसका रोगहरू र चोटहरू सधैँ मेरा सामु छन्। Viz kapitola |