यर्मिया 51:47 - नेपाली नयाँ संशोधित संस्करण47 किनकि यस्तो बेला निश्चय नै आउँछ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्ड दिनेछु। त्यसको सारा देश लाजमा पारिनेछ, र त्यसका मारिएका सबै त्यसकै बीचमा मारिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 त्यो दिन आउँदै छ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्ड दिनेछु। सारा देश लाजमा पर्नेछ र त्यहाँका सबै मानिसहरू मारिनेछन्। Viz kapitolaपवित्र बाइबल47 निसन्देह समय आउने छ जब म बाबेलका झूटा देवताहरूलाई सजाय दिनेछु अनि बाबेलका सारा देश लाजले पानी हुनेछ। बाबेलका गल्लीहरूमा धैरे लाशहरू लडिरहेका हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 किनकि हेर, समय निश्चय नै आउनेछ, जब म बेबिलोनका मूर्तिहरूलाई दण्ड दिनेछु; तब त्यसको सम्पूर्ण देश अपमानित हुनेछ, र त्यसका मारिएकाहरू सबै त्यसकै भूमिमा ढलिरहनेछन्। Viz kapitola |