यर्मिया 50:6 - नेपाली नयाँ संशोधित संस्करण6 “मेरा प्रजा हराएका भेड़ाझैँ भएका छन्। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई बरालिदिएका छन्, र पहाड़मा तिनीहरूलाई घुम्न लगाएका छन्। तिनीहरू डाँड़ातिर र पहाड़तिर घुम्न लागे र तिनीहरूले आफ्नो गोठलाई भुले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “मेरा प्रजा ती भेडाहरूजस्ता छन्, जसलाई तिनीहरूका गोठालाहरूले पहाडतिर लगेर बाटो बिराउन लाएका छन्। भेडाहरूझैँ तिनीहरू एउटा पहाडदेखि अर्को पहाड गर्दै बरालिएका छन् र आफ्नो बासस्थान कहाँ हो, सो भुलेका छन्। Viz kapitolaपवित्र बाइबल6 “मेरो मानिसहरू हराएका भेंडा जस्तै भएका छन्। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुमार्गमा डोर्याए। तिनीहरूका अगुवाहरूले तिनीहरूलाई, पर्वत र पहाडहरूमा लक्ष्यहीन घुमी हिडने बनाए। यसर्थ तिनीहरूले आफ्ना मूल वासस्थान पनि बिर्सिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “मेरा मानिसहरू हराएका भेडाहरूजस्तै भएका छन्; तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुबाटोतिर लगाएका छन्, र पर्वततिर डुलिहिँड्ने बनाइदिएका छन्। तिनीहरू डाँडा र पहाडतिर बरालिएका छन्, र तिनीहरूले आफ्ना बासस्थानलाई बिर्सेका छन्। Viz kapitola |