यर्मिया 50:33 - नेपाली नयाँ संशोधित संस्करण33 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “इस्राएलीहरू अत्याचारमा परेका छन्, र तिनका साथमा यहूदाका मानिसहरू पनि। तिनीहरूलाई कैद गरेर लाने सबैले तिमीहरूलाई बलियो गरी समातिराखेका छन्। उनीहरू तिनीहरूलाई छोड़िदिन इन्कार गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “इस्राएल र यहूदाका मानिसहरूमाथि अत्याचार भएको छ। तिनीहरूलाई कब्जा गर्नेहरूले तिनीहरूमाथि कडा गरी पहरा दिइराखेका छन् र तिनीहरूलाई छोड्दैनन्। Viz kapitolaपवित्र बाइबल33 सेनाहरूका परमप्रभु भन्नुहुन्छ: “इस्राएल र यहूदाका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाई लगियो। तिनीहरूलाई कैद गर्नेहरूले तिनीहरूलाई पक्रेर राखेका छन्, र मुक्त पार्न अस्वीकार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “इस्राएलका मानिसहरू थिचोमिचोमा परेका छन्; अनि यहूदाका मानिसहरू पनि थिचोमिचोमा छन्। तिनीहरू दुवैलाई कैद गरेर लैजानेहरू सबैले तिनीहरू दुवैलाई छोडिदिन इन्कार गर्छन्। Viz kapitola |