यर्मिया 50:25 - नेपाली नयाँ संशोधित संस्करण25 परमप्रभुले आफ्नो गट्ठाघर खोल्नुभएको छ, र उहाँले आफ्नो क्रोधका हतियारहरू निकाल्नुभएको छ, किनकि बेबिलोनीहरूको देशमा सर्वशक्तिमान् परमप्रभु परमेश्वरले गर्नुपर्ने काम छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 मैले आफ्नो हतियार राखेको सिलखाना खोलेर रिसमा ती हतियारहरू निकालेको छु किनभने म सार्वभौम, सर्वशक्तिमान् परमप्रभुले बेबिलोनमा काम गर्नुपरेको छ। Viz kapitolaपवित्र बाइबल25 परमप्रभुले आफ्नो अस्त्र-घर उघार्नु भयो अनि क्रोधको हात-हतियार निकाल्नु भयो। मेरो मालिक, सेनाहरूका परमप्रभुले ती हतियारहरू निकाल्नु भयो, किनभने उहाँले कल्दीहरूका देशमा आफ्नो काम गर्नु थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 याहवेहले आफ्नो अस्त्रभण्डार खोल्नुभएको छ, र आफ्नो क्रोधका हतियारहरू निकाल्नुभएको छ; किनकि प्रभु सेनाहरूका याहवेहले बेबिलोनीहरूका देशमा आफ्नो काम गर्नुपर्नेछ। Viz kapitola |