यर्मिया 50:24 - नेपाली नयाँ संशोधित संस्करण24 हे बेबिलोन, मैले तेरो लागि एउटा पासो थापेको थिएँ, र तैंले चाल पाउन अघि नै तँ त्यसमा परिस्। तँलाई फेला पारियो र समातियो, किनभने तँ परमप्रभुको विरुद्धमा खड़ा भइस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 ए बेबिलोन, तैँले मसित लडाइँ गरिस् र तँ अहिले फेला परिस्। मैले तँलाई थापेको पासोमा आफू परेको तैँले थाहा पनि पाइनस्। Viz kapitolaपवित्र बाइबल24 हे बाबेल, मैले तिमीलाई पासो थापें अनि तिमीले थाहा पाउन अघि नै पक्राउ पर्यौ। तिमी परमेश्वरको विरूद्ध लड्यौ, यसकारण तिमी बन्दी भयौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 हे बेबिलोन, मैले तेरा लागि पासो थापेको छु; अनि तैँले थाहा पाउन अगि नै तँ पासोमा परिसकेकी छेस्; तँ फेला परिस् र कब्जामा परिस्; किनकि तँ याहवेहको विरोधमा खडा भइस्। Viz kapitola |