यर्मिया 49:37 - नेपाली नयाँ संशोधित संस्करण37 तिनीहरूका शत्रुहरू र तिनीहरूका प्राण लिन खोज्नेहरूका सामुन्ने म एलामलाई चूरचूर पार्नेछु। म तिनीहरूमाथि सर्वनाश, अर्थात् मेरो भयानक क्रोध ल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ। “मैले तिनीहरूलाई खतम नपारुञ्जेल तिनीहरूका पछिपछि तरवार लिएर खेद्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 म एलामका बासिन्दाहरूलाई तिनीहरूलाई मार्न चाहने शत्रुहरूको अघि भयभीत तुल्याउनेछु। मेरो प्रचण्ड क्रोधमा म एलामका बासिन्दाहरूलाई नाश पार्नेछु र तिनीहरूलाई निमिट्यान्न नपारेसम्म तिनीहरूका विरुद्धमा सेनाहरू पठाउनेछु। Viz kapitolaपवित्र बाइबल37 म एलामलाई तिनीहरूका शत्रुहरू जसले तिनीहरूलाई मार्नु खोजिरहेकाछन् तिनीहरूकै अघि चक्नाचूर पारिदिनेछु। म एलाममाथि डरलाग्दो सङ्कटहरू ल्याउनेछु। मेरो उग्र रीस म तिनीहरूलाई देखाउनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूलाई खेद्न तरवार पठाउँनेछु अनि त्यो तरवारले तिनीहरू सबैलाई शेष नपारन्जेल सम्म खेद्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 म एलामलाई तिनीहरूका शत्रुहरूको सामु चकनाचुर पार्नेछु; तिनीहरूको शत्रुहरूको सामु, जसले तिनीहरूलाई मार्न चाहन्छन्; म मेरो भयानक क्रोधमा, तिनीहरूमाथि विनाश ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “म तिनीहरूलाई पूर्ण रूपले नष्ट नपारुन्जेल, तिनीहरूलाई तरवार लिएर खेद्नेछु। Viz kapitola |