यर्मिया 49:3 - नेपाली नयाँ संशोधित संस्करण3 “हे हेश्बोन, विलाप गर्। किनभने ऐ सहर सर्वनाश गरिएको छ। हे रब्बाका बासिन्दा हो, चर्को गरी रोओ, भाङ्ग्रा लगाओ, विलाप गर! पर्खालहरूभित्र यताउता दगुर, किनकि मोलोख आफ्ना पूजाहारीहरू र अधिकृतहरूसित निर्वासनमा जानेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 ए हेश्बोनका बासिन्दाहरू हो, विलाप गर! ऐ सहर नाश पारियो! हे रब्बाका छोरीहरू हो, विलाप गर! भाङ्ग्रा लाएर शोक गर। हड्बडाउँदै यताउता दगुर। तेरा देवता मोलेख त्यसका पूजाहारीहरू र राजकुमारहरूको साथमा देश निकाला गरिनेछ। Viz kapitolaपवित्र बाइबल3 “हे हेशबोनका मानिसहरू! विलाप गर। किनभने ‘ऐ’ शहर नष्ट भएको छ। हे रब्बामा बस्ने अम्मोनी स्त्रीहरू शोक प्रकट गर्ने लुगाहरू लगाऊ। विलाप गर अनि पर्खालतिर दगुर। मल्कम आफ्नो पूजाहारी, र अधिकारीहरूसित निष्कासन हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “हे हेश्बोन, विलाप गर्; किनकि ऐ नाश भएको छ! हे रब्बाका छोरीहरू हो, चर्कोगरी रोओ! भाङ्ग्रा लगाएर शोक गर; पर्खालभित्र यताउता दगुर; किनकि मोलेख आफ्ना पुजारीहरू र अधिकारीहरूसँग कैदमा जानेछ। Viz kapitola |