यर्मिया 49:10 - नेपाली नयाँ संशोधित संस्करण10 तर म त एसावलाई नाङ्गो पार्नेछु। म त्यसका लुक्ने ठाउँहरू खुला गरिदिनेछु, र त्यो लुक्न नपाओस्। त्यसका छोराछोरीहरू, आफन्तहरू र छिमेकीहरू नष्ट पारिनेछन्, र अब त्यसको नाउँनिशानै रहनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर मैले एसावका सन्तानलाई नाङ्गो झार पारेको छु, तिनीहरूका लुक्ने ठाउँहरू प्रकट गरिदिएको छु र तिनीहरू अब लुक्न सक्दैनन्। एदोमका छोरा-छोरी, शाखा-सन्तान र छरछिमेकी सबै नाश भए। एक जना पनि बाँचेको छैन। Viz kapitolaपवित्र बाइबल10 तर एसावबाट म प्रत्येक कुराहरू लैजानेछु। म यसका गुप्त ठाउँहरूको पनि पत्तो लाउने छु अनि उ मबाट लुक्न पाउने छैन। उसका नानीहरू, आफन्त र छिमेकीहरू सारा सड्नेछन्, अनि एसाव अस्तिवहिन हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर म एसावलाई पूर्ण रूपमा नाङ्गो बनाइदिनेछु; म त्यसका लुक्ने ठाउँहरू उदाङ्गो पारिदिनेछु, ताकि त्यसले आफूलाई लुकाउन नसकोस्। त्यसका हतियारधारीहरू र त्यसका छोराछोरी, आफन्तहरू र छिमेकीहरू नष्ट हुनेछन्; यसकारण यसो भन्ने मान्छे कोही पनि हुनेछैन, Viz kapitola |