यर्मिया 49:1 - नेपाली नयाँ संशोधित संस्करण1 अम्मोनीहरूका विषयमा: परमप्रभु यसो भन्नुहुन्छ: “के इस्राएलका छोराहरू छैनन्? के त्यसको कुनै उत्तराधिकारी छैन? किन त मोलोखले गादलाई कब्जा गरेको छ? र उसका आफ्ना मानिसहरू किन त्यसका नगरहरूमा आएर बस्छन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अम्मोनबारे परमप्रभुले यसरी भन्नुभयो, “इस्राएलका मानिसहरू कता गए? के इस्राएलको रक्षा गर्ने कोही छैन? किन तिनीहरूले मोलेख पुज्नेहरूलाई गाद कुलका इलाकामाथि अधिकार गरी त्यहाँ बसोबास गर्न दिए? Viz kapitolaपवित्र बाइबल1 यो सन्देश अम्मोनवासीहरूसित सम्बन्धित छ परमप्रभु भन्नुहुन्छ: “अम्मोनवासी हो, के तिमीहरू ठान्छौ कि इस्राएलका मानिसहरूका नानीहरू छैनन्? के तिनीहरूका अभिभावकहरू जमीनको उत्तराधिकारीहरू छैनन्? तब किन मल्कामले गादको जमीन लियो? किन उसको मानिसहरू उसका शहरहरूमा बस्छन्?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अम्मोनीहरूको विषयमा: याहवेह यसो भन्नुहुन्छ: “के इस्राएलका छोराहरू छैनन्? के त्यसका उत्तराधिकारीहरू छैनन्? त्यसो भए किन मोलेखले गादमाथि अधिकार जमाएको छ? उहाँका मानिसहरू किन त्यसका सहरहरूमा बस्छन्? Viz kapitola |