यर्मिया 44:25 - नेपाली नयाँ संशोधित संस्करण25 सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘स्वर्गकी रानीलाई धूप बाल्न र अर्घ-बलि चढ़ाउन हामीले गरेको भाकल हामी अवश्य पूरा गर्नेछौं’ भनी तिमीहरू र तिमीहरूका पत्नीहरूले आफूले प्रतिज्ञा गरेका कुरा आफ्नै कामद्वारा तिमीहरूले पूरा गरेका छौ। यसर्थ तिमीहरूका प्रतिज्ञाहरू पूरा गर। तिमीहरूका भाकलहरू पूरा गर। Viz kapitolaपवित्र बाइबल25 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘तिमीहरू र तिमीहरूका पत्नीहरूले जे गर्छु भनेका थियौ त्यही गर। “हामी हाम्रा प्रतिज्ञा पूरा गर्छौ, भेटीहरू र अर्घबलि स्वर्गकी रानीलाई चढाउँछौं।” यसर्थ तिमीहरूको काममा अघि बढ अनि तिमीहरूको प्रतिज्ञा पूरा गर। तिमीहरूको प्रतिज्ञा राख।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरू र तिमीहरूका पत्नीहरूले जे गर्छौ भनी शपथ खाएका थियौ, ‘हामी स्वर्गकी रानीलाई धूप बाल्नेछौँ र अर्घबलि चढाउनेछौँ भनी हामीले खाएको शपथ हामी अवश्य पूरा गर्नेछौँ।’ “त्यसैले तिमीहरू अगि बढ, तिमीहरूले प्रतिज्ञा गरेको कुरा गर! आफ्नो भाकल पूरा गर! Viz kapitola |